-->
नेपाली फिल्म आप्पाको सुटिङ डम्बरचौकमा

नेपाली फिल्म आप्पाको सुटिङ डम्बरचौकमा

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 23 मई। नेपाली फिल्म आप्पाको सुटिङ आज कालेबुङको डम्बर चौकमा सम्पन्न भयो। नेपाली सुपरस्टार दयाहाङ राईको साथमा युवा निर्देशक अन्मोल गुरुङको निर्देशनमा फिल्म ‘आप्पा’-को सुटिङ आज डम्बर चौकमा भएको हो। यसका साथै डम्बर चौक नजिक इन्डस्ट्रिय पार्क अनि ताज बेकरीमा उक्त सुटिङ भएको हो। कालेबुङबाट पहिलोचोटी गतिलो लागतमा निर्माण हुँदै गरेको ठूलो पर्दाको फिल्म ‘आप्पा’-को सुटिङ दार्जीलिङको चर्चित पर्यटन स्थल सन्दकपु, कालपोखरी, मानेभञ्जाङ आदि स्थानहरूमा समापन भइसकेको छ भने आज कालेबुङको डम्बर चौकमा सुटिङ भएको हो। कालेबुङ मन्सोङ सिन्कोना बगान, सन्त अगस्टिन विद्यालय, पुचे डाँडा लगायतका स्थानहरूमा सुटिङ कार्य समापन भएपछि आज डम्बर चौकमा सुटिङ भएको थियो भने सुटिङ अवधी सुपरस्टार दयाहाङ राईसँग फोटो खिच्न चाहनेहरू पनि धेरै आएका थिए।

कालेबुङबाट निर्माण भइरहेको चलचित्र ‘आप्पा’को सुटोङ कार्य अहिलेघरी लगभग 70 प्रतिशत समाप्त भइसकेको निर्देशक अन्मोल गुरुङले जानकारी दिएका छन्। फिल्मको सुटिङ कालेबुङ शहरमा अझ हुन बाँकी रहेको बताउँदै आगामी दुई सप्ताहभित्रमा सम्पूर्ण सुटिङ समाप्त हुन सक्ने बताएका छन्।

आप्पा चलचित्रमा दयाहाङ राईले ‘आप्पा’को मुख्य भूमिका निभाएका छन्। फिल्ममा सुपरस्टार दयाहाङसँगै चर्चित फिल्म निर्माता एवम् निर्देशक समेत रहेका तुलसी घिमिरेको पनि अभिनय रहेको छ। ‘उमा’ नेपाली चलचित्रमा पहिलोचोटी एकसाथ काम गर्ने दयाहाङ राई अनि तुलसी घिमिरे दोस्रोचोटी आप्पा फिल्ममा देखिनेछन्। विश्वजनिन कथा बोकेको ‘आप्पा’ फिल्म’ले पहाडका एकाधिक पर्यटन स्थलहरूलाई पनि समेट्ने कार्य गरिरहेको छ भने उक्त फिल्ममा विश्व धरोहर ‘दार्जीलिङको सानो रेल’-को सुटिङ हुन भने अझैँ बाँकी रहेको निर्देशक अन्मोल गुरुङले जनाएका छन्।

0 Response to "नेपाली फिल्म आप्पाको सुटिङ डम्बरचौकमा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.