-->
मंगर समुदायको धार्मिक स्थल नष्ट : प्रशासनले कार्वाही गर्नुपर्ने माग

मंगर समुदायको धार्मिक स्थल नष्ट : प्रशासनले कार्वाही गर्नुपर्ने माग

डी.के.वाइबाकालिमन्युजकालेबुङ, 19 मार्च। कतिपय असामाजिक तत्वहरूले मंगर समुदायको धार्मिक स्थल तोडफोड गरेको घट्ना प्रकाशमा आएको छ। डेलो नजिक अवस्थित मंगर जातिको धार्मिक स्थलका सम्पूर्ण सामाग्रीहरू असामाजिक तत्वहरूले उखलेर फ्याँकेको पश्चिम बङ्गाल मंगर बिकास बोर्डका अध्यक्ष नवीन मंगरले आरोप लगाएका छन्। 
वर्षौँ देखि मंगर समुदायले डेलो नजिक पवित्र स्थलमा उनीहरूको जातिय संस्कार बाह्रमिजोङ पालन गर्ने गर्दछ। बाह्रमिजोङ पालन गर्ने पवित्र स्थलमा उनीहरूको एउटा खुल्ला स्थानमा पूजा स्थल नै रहेको छ। जहाँ ढुङ्गाका प्रतिमाहरू राखेर परम्परागत पूजा गर्ने गर्दथे भने सोहि ढुङ्गाका सम्पूर्ण प्रतिकहरूलाई केही असामाजिक तत्वहरूले उखलेर फ्याँकेको नवीन मंगरले जानकारी दिएका छन्। उक्त घट्नालाई लिएर उनीहरूले कालेबुङ थानामा अज्ञात मानिसहरू विरुद्ध प्राथमिकी दर्ता गर्ने पनि जानकारी दिएका छन्। 
‘मंगर जातिको बाह्रमिजोङ चाँड पालन गर्ने धार्मिक स्थल केही असामाजिक तत्वहरूले तोडेर नष्ट गरेका छन्। यो अत्यन्तै दुखको कुरा हो। यस्ता असामाजिक तत्वहरू विरुद्ध प्रशासनले कार्वाही गर्नुपर्नेछ’ पश्चिम बङ्गाल मंगर बिकास बोर्डका अध्यक्ष नवीन मंगरले भने। 
उक्त घट्नाले मंगर समुदालाई गहिरो आघात पुगेको भन्दै यस्ता सांस्कृतिक अनि धार्मिक स्थलहरूको सबैले जगेरा गर्नुपर्ने उनले थप बताएका छन्।

0 Response to "मंगर समुदायको धार्मिक स्थल नष्ट : प्रशासनले कार्वाही गर्नुपर्ने माग"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.