-->
एचएडीसी जनताको बुनियादी सुविधा पुरा गर्ने व्यवस्था मात्र हो – गोरामुमो

एचएडीसी जनताको बुनियादी सुविधा पुरा गर्ने व्यवस्था मात्र हो – गोरामुमो

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 19 मार्च। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले हिल एरिया डेभलभमेन्ट कमिटि कुनै राजनैतिक समाधान नभएर पहाडका गरीब जनताको हितार्थ कार्य गर्नका निम्ति दिइएको एउटा व्यवस्था भनी स्वीकार गरेको मौरिस कालिकोटिले बताएका छन्। ग्रामीण क्षेत्रका मानिसहरूको समस्यालाई केन्द्रमा राखेर जनताको बुनियादी समस्याहरूको समाधानको पहल एचएडीसी मार्फत् गरिने गोरामुमो नेता मौरिस कालिकोटेले बताएका छन्।
अर्कोतर्फ कालिकोटेले हालमा सर्वोच्च न्यायालयको आदेश पछि गोजमुमो विमल गुरुङलाई पर्खेर बस्ने पार्टी समर्थकहरू अभिभावकविहिन भएको भन्दै उनीहरूलाई गोरामुमो पार्टीले साथ दिने आह्वान गरेका छन्। यसक्रममा गोरामुमोले अभिभावक्त दिने बताउँदै गोरामुमोले नै छुट्टै राज्य गोर्खाल्याण्डको लक्ष्य प्राप्ति गर्ने दाबी गरेका छन्।  

0 Response to "एचएडीसी जनताको बुनियादी सुविधा पुरा गर्ने व्यवस्था मात्र हो – गोरामुमो"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.