-->
कुदिरहेको बसमा आगो लाग्दा भाग्यले बाँचे यात्रीहरू

कुदिरहेको बसमा आगो लाग्दा भाग्यले बाँचे यात्रीहरू

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 16 जनवरी।कुदीरहेको बसमा अचानक आगो लाग्दा यात्रीहरू भाग्यले बाँचेका छन्। उक्त घट्ना कालेबुङको ६ माइल गान्धी आश्रमनजिक भएको हो। प्राप्त जानकारी अनुसार उत्तर बङ्गाल राष्ट्रिय परिवहन निगम (एनबीएसटीसी) को एउटा बस आज सिलगडीबाट कालेबुङ आइरहेको समयमा आचानक आगो लागेको थियो। 
डब्ल्यूबी ६३ - ९३३२ नम्बर भएको उक्त बस यहाँको ६ माइल गान्धी आश्रमनजिक आइपुग्दा अचानक कुदीरहेकै अवस्थामा नै आगो लागेको थियो। बिहान लगभग ११ बजीतिर भएको उक्त घटना अवधि वाहनमा चालक हेमन प्रधान, कण्डक्टर साथै 18 जना यात्रीहरू सवार रहेका थिए। घटनाबारे चालकले बताएअनुसार 6 माइल गान्धी आश्रमनजिक आइपुग्दा उनले लुकिङ ग्लासबाट हेर्दा गाडीबाट आगो निस्किएको देखेपछि बस रोकेर यात्रीहरूलाई उतारेपछि आफैले आगो निभाउने प्रयास गरेका थिए। यद्यपि आगो ननिभेपछि उनले अग्निसमन विभाग अनि पुलिसलाई फोन गरेर घटनाबारे जानकारी दिए। 
अग्निसमन विभागले घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याउँदासम्ममा बस जलेर धेरै मात्रमा जलेर ध्वस्त भएको थियो। ‘तीन माइलमा आएर केहि क्षण रोकेर यात्रीहरूलाई बाहिर बस्ने मौका दिएपछि हामी उकालो लागेका थियौं। राम्रैसित बस कुदिरहेको थियो तर गान्धी आश्रम छेउमा आइपुग्दा अचानक गाडीबाट आगो निस्किएको देखेर मैले गाडी रोकेर यात्रीहरूलाई उतारे। 
पहिले गाडीमा भएको आगो निभाउने सामाग्री प्रयोग गरेर आगो निभाउने प्रयास गरेपनि आगो ननिभेपछि फायर ब्रिग्रेड अनि पुलिसलाई फोन गरेर घटनाबारे जानकारी दिएँ। तर उनीहरू आइपुग्दा गाडी आधा जलिसकेको थियो’  चालक हेमन्त प्रधानले घटनाबारे बताए। कुदीरहेको गाडीमा अचानक आगो लगेपछि मानिसहरू त्रसित बनेका थिए। यद्यपी चालकले वाहनमा आगो लागेको देखेपछि समयमा नै सुझबुझको साथमा यात्रीहरूलाई वाहनबाट ओह्राल्ने कार्य गरेको कारण यात्रीहरूलाई कुनै चोटपटक भने लाग्न पाएन।
घटनालाई लिएर एनबीएसटीसीको कालेबुङ डिपोका प्रभारी सचिन खातीसित जान्न चाहँदा तक्निकी खराबीकै कारण आगलागी भएको बताएका छन्। घटनाअवधि यात्रीहरूलाई कुनै चोट नलागे तापनि एकजना यात्रीको भने लगभग 2 लाख रूपियाँको सामाग्रीहरू जलेर खरानी भएको उनले थप जनाए। यद्यपि घटनालाई लिएर मानिसहरूलाई त्रसित नबनिदिने आह्वान पनि उनले गरेका छन् भने यस्ता खराबीहरूबाट आगामी दिनहरूमा कुनै दुर्घटना नहोस् भन्ने कुरालाई मध्यनजर राख्दै विभागीय इञ्जीनियरहरूले कार्य गरिरहेको जानकारी पनि उनले दिएका छन्।

0 Response to "कुदिरहेको बसमा आगो लाग्दा भाग्यले बाँचे यात्रीहरू"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.