-->
आगलागीको कारण एउटा घर जलेर स्वाह

आगलागीको कारण एउटा घर जलेर स्वाह

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 17 जनवरी। पेदोङको साक्योङमा एउट घर आगलागीको कारण पूर्णरूपले जलेर नष्ट भएको छ। घट्ना कालेबुङ जिल्लाको पेदोङ स्थित साक्योङ मेञ्चुमा शुक्रबार साँझ भएको हो। महेन्द्र गुरूङको उक्त घर के कारणले जल्यो त्यो अहिलेबाटै स्पष्ट नभए तापनि सर्ट सर्किटको कारण जलेको बताइएको छ। 
प्राप्त जानकारी अनुसार शुक्रबार महेन्द्र गुरूङ साथै उनको परिवार पेदोङमा हाट भर्न आएका थिए। सोही समयमा अचानक घरमा आगलागी भएको थियो। घरमा केहि नभएको समय अचानक आगलागी हुँदा सम्पूर्ण सामाग्री जलेर स्वाह भएको छ। 
पेसाले कृषक महेन्द्र गुरूङको परिवारमा उनी लगायत पत्नी अनि दुईजना नानीहरू रहेका छन्। केहि नभएको समय घरमा अचानक आगलागी भएपछि गाउँलेहरूले देखेका थिए। त्यसपछि गाउँलेहरूले आगोलाई नियन्त्रणमा ल्याउने प्रयास गरेपनि आगोले घरलाई पूर्णरूपले चपेट लिएको कारण सम्पूर्णरूपले जलेर स्वाह भएको छ। 
आगलागीको चपेटमा परेर घर नष्ट भएपछि यता ग्राम पञ्चायतका अधिकारीवर्गले भ्रमण गरेर राहत सामाग्री प्रदान गरेका छन् भने गुरुङ विकास बोर्डले पिडित परिवार पक्षको घर निर्माण गर्ने आश्वासन दिएको छ।

0 Response to "आगलागीको कारण एउटा घर जलेर स्वाह"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.