-->
भूमिगत बारुद थापाले जारी गरे भिडियो सन्देश  .........गोर्खाल्याण्ड आन्दोलन विफल हुनुमा विमल गुरुङ जिम्मेवार – थापा

भूमिगत बारुद थापाले जारी गरे भिडियो सन्देश .........गोर्खाल्याण्ड आन्दोलन विफल हुनुमा विमल गुरुङ जिम्मेवार – थापा

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 9 दिसम्बर। ‘गोर्खाल्याण्डको निम्ति गरिएको 105 दिनको लामो बन्द सफल भएन। सम्पूर्ण मानिसहरूलाई यो फेल नै भएको हो भनेर थाह छ। यतिका लामो बन्द फेल भएपछि यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। गोजमुमो एउटा सबैभन्दा ठूलो पार्टी भएको कारण अनि बन्द गोजमुमोले डाकेको कारण यसको सम्पूर्ण जिम्मेवारी गोजमुमो अध्यक्ष विमल गुरुङले नै लिनपर्नेछ’ उक्त कुरा गोर्खा जनमुक्ति युवा मोर्चा (बिमल गुट) कालेबुङ जिल्ला समितिका अध्यक्ष बारुद थापाले भनेका हुन्।
उनले एक भिडियो जारी गरेर आन्दोलन विफल हुनुमा दोष विमल गुरुङको रहेको भन्दै हालमा उनीहरूले विभिन्न मुद्दाको निम्ति अग्रिम जमानतको निम्ति सर्वोच्च न्यायलयमा याचिका दर्ता गरेर कार्य गरिरहे पनि अन्य कार्यकर्ताहरूलाई भने जेल हुनु नहुने बताएका छन्।
‘हामीले विमल गुरुङको जमानत हुने कुरा सुनिरहेका छौँ। त्यसैमा रोशन गिरीको पनि जमानतको कुरा सुन्दैछौँ। उनीहरूको मात्र जमानत भएर हुँदैन। आज सम्पूर्ण क्याडरहरू जङ्गलमा बस्न परिरहेका छन्। भोलिको दिनमा उनीहरूको बेल र कार्यकर्तालाई जेल हुनु हुँदैन’ बारुद थापाले अझ भने। यदि भविष्यमा विमल गुरुङ, रोशन गिरीहरूले जमानत पाएर कार्यकर्ताहरूले जमानत नपाए गोर्खाल्याण्डको निम्ति लड्ने सिपाहीहरूलाई ठूलो अन्याय हुने पनि बताएका छन्।
‘गोर्खाल्याण्ड ल्याउने तालाको चाबी गोजमुमोसँग थियो। त्यो चाबी जीटीए थियो। त्यस जीटीएमा 45 जना निर्वाचित सभासदहरू थिए। तर हामीले निर्वाचित 45 जना सभासदहरू मार्फत् जीटीए नचलाएर राजीनामा दिने कार्य गर्यौँ। त्यस राजीनामाले गोर्खाल्याण्डको चाबी भुँइमा राखेर घुस्सिले ताला फोर्ने कार्य गरेको जस्तै भयो। जसको कारण आजको अवस्था भएको हो’ बारुद थापाले आन्दोलन विफल हुनुको मूल कारण बताउँदै भने।
उनको विचारमा जीटीएका निर्वाचित सम्पूर्ण सभासद, विधायक, चारवटा नगरपालिकाको सम्पूर्ण नगरपार्षदहरू दिल्ली गएर आन्दोलन गर्न पर्ने थियो। त्यसबेला जनता पनि दिल्ली आन्दोलनमा सहभागी बन्न जाने थिए। तर त्यसरी आन्दोलन गर्नको साटो जीटीए व्यवस्थाबाटनै राजीनामा दिएर आन्दोलन गर्दा सम्पूर्णरूपले आन्दोलन नै विफल भएको थापाले दाबी गरेका छन्।
w, Courier, monospace;">यसक्रममा आन्दोलनकै क्रममा पुन: जीटीएको सत्ता सम्हाल्ने बिनय तामङ अनि अनित थापाहरूलाई सम्पूर्ण मानिसहरूसँगै विमल गुरुँङले समेत ‘गद्दारहरू’ भनि आरोप लगाउने कार्य गर्दा बारुद थापाले भने उनीहरू ‘गद्दार होइनन्’ भनेका छन्। उनले जीटीएको चौकिमा पुगेका बिनय तामङ अनि अनित थापाहरू प्रति नरम स्वर अप्नाएका छन्।
‘आन्दोलनको क्रममा मन घिसिङले पत्र पठाएपछि बिनय तामङले पनि राज्यलाई पत्र लेखेको हो। त्यसपछि नै यो अनिश्चितकालिन बन्द समाप्त हुन पुग्यो। यदि उनीहरूले पत्र नलेखेर वार्तामा जाने कार्य नगरेको भए यो अनिश्चितकालिन बन्द अझै कहाँ पुग्थ्यो कसैलाई थाह छैन। यसकारण उनीहरू गद्दार होइनन् भन्ने मेरो विचार छ’ बारुद थापाले स्पष्ट भने।
गोजमुमो अध्यक्ष विमल गुरुङले जनताद्वारा निर्वाचित सम्पूर्ण सदस्यहरूलाई दिल्लीमा लगेर आन्दोलन गरेको भए आन्दोलन सफल हुने थियो भन्दै आन्दोलन फेल हुनुमा विमल गुरुङको अपरिपक्वता देखिएको बताएका छन्।
‘गोरामुमो र जापले जीटीएको चौकि छोड्नु भन्दा विमल गुरुङ आवेसमा आएर राजीनामा दिए। यो उनको अपरिपक्वता हो’ थापाले अझ भने। यसक्रममा गोरामुमोले जीटीएको चौकि ताकेको कारण नै राजीनामा दिन लगाएको भन्दै बिनय तामाङले राज्यलाई पत्रचार गरेर जीटीए पुन: आफुहरूले सम्हाल्नु सही निर्णय रहेको बताएका छन्। आज जीटीएको चौकिमा बसेपछि बिनय तामाङ अनि अनित थापाहरूले आन्दोलनकालमा पक्रा परेकाहरूलाई निकाल्ने कार्य गरिरहेको बताउँदै यसको निम्ति आभार प्रकट समेत गरेका छन्।

0 Response to "भूमिगत बारुद थापाले जारी गरे भिडियो सन्देश .........गोर्खाल्याण्ड आन्दोलन विफल हुनुमा विमल गुरुङ जिम्मेवार – थापा "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.